काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीले होटलको कोठामा आफूलाई सन्दीप लामिछानेले दुई पटक जबर्जस्ती गरेको बयान दिएकी छिन् ।
उनले आफू थकित भएकाले छिट्टै निदाएको तर केही समयमा लामिछानेले आफूलाई जबरजस्ती गरिरहेको थाहा पाएको बताएकी छिन् ।
उनले आफूले नमान्दा नमान्दै लामिछानेले जबर्जस्ती गरेको बताएकी छिन् ।
दोस्रो पटक आफूले इन्कार गर्दा लामिछानेले आफूलाई बल प्रयोग गरेको र आफू रुन थालेको पनि पीडित युवतीले बताइन् ।