इटहरी । नेपालमा धेरै जनाको ज्यान लिने एउटा प्राकृतिक प्रकोपमा चट्याङ पर्छ । भुकम्पपछि चट्याङबाट नेपालमा धेरै मानिसको मृत्यु हुने गर्छ । नेपाल चट्याङबाट जोखिमपूर्ण संसारकै तीन ठाउँमध्ये एक हो ।
चट्याङबाट बच्नको लागि घरहरुमा परम्परागत प्रविधि अपनाएर अर्थिङ गर्ने गरिन्छ । तर त्यो न वैज्ञानिक छ, न त प्रभावकारी नै ।
तर बजारमा आधुनिक अर्थिङ सिस्टमहरु आएका छन्, जुन प्रभावकारी र दीर्घकालिन छन् । त्यसमा पनि टर्कीबाट सिधै आयात हुने कसमसले ल्याएको कालरे ब्राण्डको अर्थिङ सिस्टम धेरै प्रभावकारी भएको कम्पनीको दावी छ ।
इटहरीमा विहीबारदेखि सुरु भएको क्यान इन्फोटेकको स्टल नं. ६ मा राखिएको कसमस अर्थिङ सिस्टमको स्टलमा आगन्तुकहरुको आकर्षण बढेको छ । घरभित्रको सर्ट सर्किटको लागि र चट्याङको लागि दुवै प्रकारका अर्थिङ सिस्टमहरु यहाँ उपलब्ध छन् ।
कसमसको अर्थिङ सिस्टम जडान गर्दा परम्परागत अर्थिङको तुलनामा कम ठाउँ ओगट्ने कम्पनिका रसिद कमालले जानकारी दिए । उनकाअनुसार परम्परागत अर्थिङ भनेर गरिने अर्थिङको तरिका गलत रहेको छ । ‘परम्परागत अर्थिङ गर्ने हो भने पनि २ बाई २ को तामाको मोटो प्लेट चाहिन्छ, नुन, कोइला र वायरमा पनि त्यसको निश्चित परिमाण हुनुपर्छ र समय समयमा त्यो रिफिल गर्नुपर्छ,’ उनले भने, ‘तर प्रायःले सामान्य पातलो प्लेटलाई सामान्य तारसँग फिट गर्ने र रिपेयर नगर्ने गरेका छन्, जसको प्रभावकारीता खासै हुँदैन ।’
नियमअनुसार पुरानै तरिकाले अर्थिङ गर्ने हो भने १५ देखि २० हजार रुपैयासम्म खर्च हुन्छ । अहिले तामाको भाउ बढेकाले खर्चसमेत बढेको हो । यस्तै खाल्डो पनि ठूलो खन्नुपर्छ । तर कसमसको नयाँ प्रविधिको अर्थिङ सिस्टम एक पटक जडान गरेपछि २५ वर्षसम्म केही गर्नुपर्दैन । साथै सानो खाल्डो खन्दा हुन्छ र यो निकै वैज्ञानिक छ । आइएसओ सर्टिफाइड यो प्रविधिलाई नेपालका ठूला र महत्वपूर्ण आयोजनाहरुले प्रयोग गरिसकेका छन् । कम्पनिले निःशुल्क जडान सुविधा दिएको छ ।
पुर्वमा इटहरीस्थित पारागन आइटी सलुसनले कसमसको बजार हेरिरहेको छ । बजारमा कसमसका नक्कली सामाग्रीहरुको बिक्रि भइरहेकोमा कम्पनिले सचेत गराउँदै आधिकारीक डिलरबाट सेवा खरीद गर्न पारागन आइटी सलुसनका सञ्चालक तथा क्यान सुनसरीका अध्यक्ष सन्देश राईले आग्रह गरेका छन् ।