धरान । शिक्षक र कर्मचारीको आन्दोलनका कारण पठनपाठन ठप्प भएपछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी रिले अनशनमा बसेका छन्।
विद्यार्थीले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्याकक्ष अगाडि रिले अनशन शुरू गरेका हुन्। शिक्षक र कर्मचारी संयुक्त आन्दोलनमा उत्रिएपछि पठनपाठन बन्द हुँदा अनशनमा बस्नु परेको विद्यार्थीले बताएका छन्।
अनशनमा बसेका विद्यार्थीको एउटै माग पठनपाठन शुरू गर्नुपर्ने छ। उनीहरूले पठनपाठन शुरू नहुँदासम्म अनशन जारी रहने बताएका छन्।
बढुवाको माग गर्दै प्रतिष्ठानका शिक्षक र कर्मचारी तीन सातादेखि आन्दोलनमा छन्। उनीहरू कामकाज ठप्प पारेका छन्।