काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार आउँदै नेप्से परिसूचक २६४१.८५ अंकमा कायम भएको छ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोडको भयो । १३३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने २० को स्थिर रह्यो ।
सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।