वीरेन्द्रनगर । जुम्लाको कनकासुन्दरी गाउँपालिका –४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नाग्मदेखि मुगु सडक खण्ड अन्तरगत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।चालक र सहचालकको सनाखत हुन नसकेको बताइएको छ । जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ।
आइतबार बिहान प दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।