ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि प्रिमियर लिगका दुई खेल स्थगित

न्युजलय ९ पुस २०७८, शुक्रबार ०२:३६ मा प्रकाशित

काठमाडौँ । कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ ।


आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो ।


आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो ।


अरु खेलाडी र प्रशिक्षक पनि उच्च जोखिममा परेका कारण प्रतियोगिताका अरु खेल पनि रद्द हुन सक्ने बिबिसीले जनाएको छ ।