काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा एसियाली टोली दक्षिण कोरियाले घानासँग हार बेहोरेको छ ।
समूह ‘एफ’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा सोमबार साँझ भएको खेलमा दक्षिण कोरिया घानासँग ३–२ गोलले पराजित भयो ।
घानाको जितमा मोहमद कुडुसले दुई तथा मोहमद सालिसु एक गोल गरे । दक्षिण कोरियाका लागि दुवै गोल चो ग्युसुङले फर्काए ।
२४औं मिनेटमा सालिसुले दक्षिण कोरियाका रक्षकको गल्तीमा खाता खोलेका थिए । ३४औं मिनेटमा कुडुसले जोर्डन आयुको लामो पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा दक्षिण कोरियाले लगातार दुई गोल फर्कायो । ५८औं मिनेटमा चो ग्युसुङले गोल गर्दै कोरियाका खेलमा फर्काउने प्रयास गरे ।
उनले तीन मिनेट लगत्यै ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बरबरीमा ल्याए । ग्युसुङले दुवै गोल हेडमार्फत गरेका थिए ।
तर, ६८औं मिनेटमा कुडुसले इनाकी विलियम्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई जिताए । जितसँगै दुई खेलबाट तीन अंक बनाएको घाना दोस्रो स्थानमा उक्लिएको छ ।
शीर्षस्थानमा रहेको पोर्चुगलको पनि तीन अंक छ । दक्षिण कोरिया र उरुग्वेले एक एक अंक बनाएका छन् । आजै राति १२ः४५ बजे पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ ।