इनरुवामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

न्युजलय ६ भदौ २०८१, बिहिबार १२:२४ मा प्रकाशित

इनरुवा । सुनसरीको इनरुवामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा ४ बस चौकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेका छन् ।

सुनसरीका प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बररको ट्रकले को २२ प ४०८० नम्बररको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक मेहताको घटनास्थलमै मृत्यु भएको हो ।

मेहता नोबेल अस्पताल विराटनगरबाट उपचार गरेर घर फर्कदैँ गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।