मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न

न्युजलय २५ भदौ २०८०, सोमबार १२:३२ मा प्रकाशित

इटहरी । इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न भएको छ । 


फिनालेबाट सुष्मा सेकेण्डरी स्कुलकी श्रेया श्रेष्ठ मिस स्कुल बन्न सफल भएकी छिन् । शनिबार इटहरीस्थित प्रिमियर ग्लोबल स्कुलको हलमा सम्पन्न कार्यक्रमका बेबिलोन स्कुलकी श्रेया रार्इ (पुन्यका) र विश्व आदर्श स्कुलकी इसानी खड्का क्रमशः पहिलो र दोस्रो रनरअप बनेका थिए । 


१२ देखि १६ वर्ष उमेरसम्मका बालिकाहरुलाई २३ दिनसम्म विभिन्न विषयका तालिम दिइएको थियो । किशोरी अवस्थामा आईपर्ने महिनावारी सम्बन्धि समस्याहरूको बारेमा डा.मुन्जल यादवले र मानसिक रोग सम्बन्धि जानकारी डा. हेमन्त प्रधानले दिएका थिए ।


यस्तै डिजिटल साइबर सेफ एन्ड सेकुरिटी सम्बन्धी तालिम इलाका प्रहरी कार्यालय इटहरीले तालिम प्रदान गरेको थियो । किशोरीहरुलाई दैनिक जिवनमा आवश्यक पर्ने सिलाई बुनाई, पाकशिक्षा र श्रृंगारसम्बन्धि तालिम दिइएको कार्यक्रम संयोजक तुलसी घिमिरेले बताए ।


मिस स्कुल २०८० की विजेतालाई १ वर्ष र रनरअपहरुलाई ६ महिना र तीन महिना टेलिभिजन कार्यक्रम चलाउन अवसर दिइने घिमिरेले बताए । 


कार्यक्रममा इटहरी–६ नम्बरका  वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम बिराटनगरका शुसिल स्वेच्छाले गरेका थिए । उनलाई सेबिका कोइरालाले सहयोग गरेकी थिइन् । 


कार्यक्रमको जज रौनक अग्रवाल र मेरिना तुम्सा लिम्बु थिए । डाँफे एजुकेसन फाउन्डेसनका सञ्चालक दुर्लभ कार्कीले सेकेण्ड रनरअपको पुरस्कार सौजन्य गरेका थिए । इटहरीको डि«म्स फोटो स्टुडियोले सबै फोटोग्राफी गरेकोथियो ।


कार्यक्रममा लोक दोहोरी गायिका गङ्गा गौतम आचार्य र पत्रकार तथा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाई सम्मानसमेत गरिएको थियो ।