ब्राजिलियन स्टार गाब्रियल जेससले विश्वकप गुमाउने

न्युजलय १८ मङ्सिर २०७९, आइतबार ०१:१० मा प्रकाशित

काठमाडौं । विश्वकप फुटबलमा ब्राजिललाई अर्को धक्का लागेको छ। चोटका कारण कम्तिमा दुई खेल गुमाएका नेयमारपछि उसका स्टार स्ट्राइकर गाब्रियल जेससले विश्वकपका बाँकी सबै खेल गुमाउने भएका छन्।


जेसस घुडाको चोट बोक्न पुगेपछि कम्तिमा एक महिना मैदान बाहिर हुने भएका हुन्।


समूह चरणको अन्तिम खेलका क्रममा क्यामरुनविरुद्ध चोट बोक्न पुगेपछि उनी मैदानबाट बाहिरिएका थिए। जेसससँगै एलेक्स टेल्सले पनि विश्वकप गुमाउने छन्।


दक्षिण कोरियाविरुद्ध सोमबार हुने खेलमा नेयमार टिममा रहने या नरहने अन्योलता कायमै छ।