काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । डिफेन्डर पुनम जर्घा मगर, मिडफिल्डरहरू दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।
उनीहरूले सोमबार सम्पन्न छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका हुन् ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरेका थिए । तीनै खेलाडीले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन् ।