चेल्सीले रोनाल्डोलाई अनुबन्ध नगर्ने

न्युजलय ३१ असार २०७९, शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने भएको छ ।

 

पछिल्लो पटक रोनाल्डोलाई चेल्सीले खरिद गर्ने चर्चा चलेपनि प्रशिक्षक थोमस टुसेलले आफ्नो टिमलाई ब्यक्तिगत खेलाडी नचाहिएको कुरा बोर्डलाई बताएपछि उनलाई अनुबन्ध गर्ने कुरामा पुर्णबिराम लागेको छ । 


पछिल्लो पटक चेल्सीलाई नयाँ मालिकले खरिद गरेपछि टिम नयाँ संरचनामा लागेको छ । गत मे महिनामा अमेरिकी ब्यापारीले चेल्सीलाई खरिद गरेको थियो । ३७ बर्षे रोनाल्डोका बिषयमा सहमालिक टोड बोइलीले टुसेललाई बुझ्दा आफुलाई ब्यक्तिगत खेलाडी नभई टिम चाहिएको जवाफ दिएका थिए । जसका कारण रोनाल्डोको चेल्सी आउने सम्भावना समाप्त भएको हो । 

 

चेल्सीले एक दिन अगाडी मात्र म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्ट्रलिङलाई ४७ दशमलव पाँच मिलियन पाउण्डमा खरिद गरेको थियो । रोनाल्डो पछिल्लो पटक प्रि सिजन टुरमा युनाइटेड टिमसँग छैनन् । उनी युनाइटेडबाट बाहिर जाने मनसायमा रहेको बताइएको छ ।


यसअघि रोनाल्डोको अफरलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले पनि अस्विकार गरेका थियो । नयाँ सिजन सुरु हुन अगाडी प्रिमियर लिग क्लब टिमको संरचना परिवर्तन गर्ने ध्यानमा लागेका छन । जसका कारणपनि खेलाडी खरिद र बिक्रिको होड बढेको छ ।