काठमाण्डौ । सर्बियाका नोभाक जोकोभिचले २३ औँ पटक ग्रान्ड स्लाम जित्दै कीर्तिमान बनाएका छन् । तेस्रो पटक फ्रेन्च ओपन जितेका जोकोभिचले आफ्नो २३ औँ ग्रान्ड स्लाम जितेका हुन् ।
यसअघि जोकोभिच स्पेनका राफल नाडालसँग बराबरीमा थिए । नाडालले २२ औँ पटक ग्रान्ड स्लाम जितेका छन् । (हिजो) आइतवार भएको फाइनलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ७–६ (७–१) ६–३, ७–५ को सेटमा हराए । योसँगै उनी सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बनेका छन् ।
जोकोभिचले २३ औँ ग्रान्ड स्लाम जित्ने क्रममा अस्ट्रेलियन ओपन १०, विम्बल्डन सात, यूएस ओपन तीन र फ्रेन्च ओपन तीन पटक जितेका छन् । उनी कम्तिमा तीन पटक सबै चार प्रमुख उपाधि जित्ने पहिलो खेलाडी पनि बनेका छन् ।