झापा । झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान दमक नगरपालिका– ५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा मेडइन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पेस्तोल, म्याग्जिन, स्कुटरसहित गजमेरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनले के प्रयोजनका लागि पेस्तोल बोकेको हो सोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।