आज २४ मंसिर २०८२ बुधवारको राशिफल

न्युजलय २५ मङ्सिर २०८२, बुधबार १२:२६ मा प्रकाशित

मेष । पारिवारिक जिम्मेवारी पूरा गर्नमा समय व्यतीत हुनेछ। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। जोखिमपूर्ण गतिविधिहरूबाट जोगिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

वृष । आजको दिनले चुनौती र अवसर दुवै लिएर आउनेछ। करियरलाई लिएर प्रगति हुनेछ। कार्यक्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अक २ रहेको छ।

मिथुन । संयमित र स्पष्ट संवाद कायम राख्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ। विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट । नयाँ वस्त्र आभूषणले सौन्दर्यमा निखार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सम्मानित कार्यले समाजमा नाम स्थापित हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

सिंह । अनावश्यक काममा अल्मलिदा कार्यक्षेत्रमा पछि परिनेछ। अनियन्त्रित खर्चबाट जोगिनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। चर्म रोग सम्बन्धी समस्याले सताउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शुभचिन्तकहरूको सहयोगले आर्थिक कार्यमा सफलता मिल्नेछ। उत्तम भोजनको प्राप्ति हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

तुला । आँटेको कार्य सिद्ध हुनेछ। उच्च अधिकारीको साथ र सहयोग मिल्नाले नयाँ कामतर्फ मन लाग्नेछ। नोकरी वा पेशामा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक । परोपकारको लागि उत्तम समय रहेको छ। धार्मिक स्थलहरूमा भ्रमणका योग छन्। प्रशासनिक र राज्यपक्षबाट सहयोग मिल्नेछ। दामपत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु । स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोस्। मन अशान्त रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। नयाँ अनुबन्ध र सम्झौताको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा कुनै कुरालाई लिएर असन्तोषको भावना जागृत हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ । शत्रुमाथि विजय प्राप्त हुनेछ। धन खर्चमा वृद्धि हुनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। विवादास्पद विषयवस्तुमा सफलता प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुकुल परिस्थितिको आनन्द उठाउन सक्नुहुनेछ। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

स्रोत हाम्रोपात्रो