काठमाडौं । फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई र मिरूना मगर शीर्ष भूमिकामा छन्। यसअघिको फिल्म ‘जारी’ को दोस्रो श्रृंखला हो ।
सोमबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा जानकारी दिएको छ। ट्रेलर दयाहाङ र मिरूना वरिपरी घुमेको छ। छोरीको जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।
दयाहाङ र मिरूनाका साथमा फिल्ममा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुस्कर गुरूङ, प्रेम सुब्बा, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा रेखा लिम्बु, सृजना निङ्लेख लगायत कलाकारहरूको अभिनय छ
फिल्म यही कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउनेछ।