निशान भट्टराईको गीत ‘कहानी एकादेशको’ सार्वजनिक(भिडियोसहित)

न्युजलय ९ फाल्गुण २०७८, सोमबार ०५:२९ मा प्रकाशित

काठमाण्डौ । गायक निशान भट्टराईको आवाजमा गीत ‘कहानी एकादेशको’ सार्वजनिक भएको छ ।

दीपक सापकोटा ‘भान्जा’को शब्द तथा संगीत रहेको गीतलाई शुष्मा विश्वकर्मा र सरला बिसीले कोरस दिएका छन् । गीतमा कौशल सिंहले एरेन्ज गरेका छन् । 

दीपक आचार्यले निर्देशन गरेका भिडियोमा कलाकार सागर लम्साल र सुप्रिया खनालले  अभिनय गरेका छन् ।

त्यसैगरी दीपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, सालिकराम भण्डारी, अर्जुन तिमल्सिना र अयुभ वास्तोला लगायतको अभिनय  देख्न सकिन्छ ।