अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

न्युजलय ४ असोज २०८०, बिहिबार ०७:१३ मा प्रकाशित

काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।

होटेल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको हो। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।

गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।