काठमाडौं । सुनको भाउ शुक्रबार(आज) तोलामा १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
यता, शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय २५ रुपैयाँ कायम भएको छ ।