१७ अंकले बढ्यो नेप्से

न्युजलय ५ भदौ २०८०, मङ्गलबार ११:३८ मा प्रकाशित

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १७.६९ अंकले बढेको छ । दिउँसो कारोबार बन्द हुँदासम्म परिसूचक २०१५ अंकमा पुगेर रोकिएको हो ।


०.८८ अंकको सुधारसँगै आज नेप्सेमा १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।


आजको वृद्धि नेप्सेमा साताको तेस्रो कारोबार दिनमा पहिलो हो । यसअघि, आइतबार नेप्से २१ अंकले घटेको थियो भने सोमबार १२ अंकले घटेको थियो । यस्तै, गत साताको ५ कारोबार दिनमा समेत नेप्से परिसूचक तीन दिन घट्दा दुई दिन भने बढेको थियो ।