काठमाडौ । पुर्वेली गायिका जुनु रिजालले उत्कृष्ठ आधुनिक गायिकाको अवार्ड जितेकी छिन् । उनले रोयल मुभिज प्रा।लि।को प्रस्तुती रहेको ‘चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड( २०७९’ पाएकी हुन् ।
‘न दोष तिम्रो न दोष मेरो’ बोलको आधुनिक गीत गायनवापत उनले अवार्ड जितेकी हुन् । विराटनगरमा जन्मेकी गायिका रिजालका दर्जनौं गीतहरु हिट छन् र साँगीतिक कार्यक्रमहरुमा नाचिन्छन् ।
कार्यक्रममा सर्बोत्कृष्ट गीतको अवार्ड बिमल अधिकारीले पाएका छन् भने सर्बोत्कृष्ट पप गीत गायकको अवार्ड दिपेश श्रेष्ठले जितेका छन् ।
बर्षकै सर्बोत्कृष्ट गायकको अवार्ड प्रताप दासले जितेका छन् । यस्तै सर्बोत्कृष्ट लोकदोहोरी गायक जे.बि. ओली र सर्बोत्कृष्ट आधुनिक गीत गायक नबिन राना बनेका छन् । सर्बोत्कृष्ट बहुप्रतिभा अवार्ड शंखर बि.सी.ले पाएका छन् ।
कार्यक्रममा मुरलीधर लाई दीर्घ साधना सम्मान दिइएको छ ।