गायिका इन्दिरा जोशी भोली विवाह बन्धनमा बाँधिदै

न्युजलय ३० जेठ २०७९, सोमबार १२:३३ मा प्रकाशित

काठमाण्डौ । चर्चित गायिका इन्दिरा जोशी मंगलबार(भोली) विवाह बन्धनमा बाँधिदै छिन् । 

उनले प्रेमी शरद केडियासँग विवाह गर्न लागेकी हुन् । आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन् ।

आइतबार नै उनको विवाह अगाडि गरिने हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् । 

केही समय अघि उनले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।