काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा छ हजार ७०० रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १४५ ले बढेर चार हजार ८४५ कायम भएको छ ।