कतारको एक कम्पनीले माग्यो नेपाली कामदार, तलब ८२ हजार माथि

न्युजलय १० पुस २०७८, शनिवार ०८:५२ मा प्रकाशित

काठमाडौं । कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको warriors sports center कम्पनीले विभिन्न पदका लागि ३ पुरुष नेपाली कामदारको माग गरेको हो ।  


न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नुपर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।


कामदारले तलब खान बस्न सहित ७२ हजार माथिदेखि ८२ हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले हेल्प ओभरसिज प्रालिको कार्यालय रिङरोड नयाँबाटो चोक ललितपुरमा पुष १६ गते अन्तरवार्ता दिनुपर्ने छ ।


स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।