काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।
धम्कीआएपछि सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ । सलमान खानलाई आइतबार सिद्धु मुसेवालाकै शैलीमा हत्या गरिदिने धम्की दिइएको थियो ।
सलमान खान र उनका पिता सलिम खानको नाममा अज्ञात व्यक्तिले चिट्ठी पठाएका थिए । यो चिट्ठी आइतबार बान्द्राको ब्यान्डस्ट्यान्ट प्रोमेनाडमा भेटिएको थियो । उक्त चिट्ठी सलिम खानका गार्डले त्यहाँ भेटेका थिए जहाँ सलिम मर्निङ वाकपछि गएर बस्छन् ।
धम्कीयुक्त पत्रमा लेखिएको थियो, ‘सलिम खान, सलमान खान छिट्टै तिमीहरुले हाल पनि सिद्धु मुसेवालाको झैँ हुनेछ । यसबारे मुम्बईको बान्द्रा प्रहरीले एफआइआर दर्ता गरेको थियो ।