बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा भोजपुरका गौतमको मृत्यु

न्युजलय ४ बैशाख २०८१, मङ्गलबार ११:३८ मा प्रकाशित

सुनसरी । बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। 

चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र–५ जमटोकीमा दुर्घटनामा परेको हो। 

तीव्र गतिको मोटरसाइकल सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किँदा भोजपुरको षडानन्द–१ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।