लाओसविरुद्ध नेपालको शानदार जीत

न्युजलय ९ चैत २०७९, बिहिबार ०१:४८ मा प्रकाशित

काठमाडौं । दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओससँगको खेलमा नेपाल २–० गोलअन्तरले विजयी भएको छ। नेपालले पहिलो र दोस्रो हाफमा १÷१ गोल गरेको हो। 

नेपालका लागि पहिलो गोल ३० औं मिनेटमा अनन्त तामाङले गरे भने दोस्रो गोल फरवार्ड नवयुग श्रेष्ठले ५६ औं मिनेटमा गरे। योसँगै नवयुगले आफ्नो करिअरको ८ औं अन्तर्राष्ट्रिय गोल गर्न सफल भए।   

नेपाल र लाओसले ७ वर्षपछि खेलेका हुन्। आजको खेलमा तीन जना नेपाली खेलाडीले डेब्यु गरे।  

नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष २ टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।