उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

न्युजलय ३२ असोज २०७८, सोमबार ०१:२९ मा प्रकाशित

उदयपुर । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका १० का ४३ वर्षीय धन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 


धन बहादुरले ती महिलालाई गए राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।