आज ३१ भाद्र २०८३ बुधवारको राशिफल

न्युजलय ३१ भदौ २०८३, बुधबार ०५:४८ मा प्रकाशित

मेष । मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष । अचानक धन लाभ हुने वा आर्थिक स्थिति सुधारिने संकेत छ। पारिवारिक वातावरण शान्त र सहयोगी रहनेछ। हतारमा कुनै सम्झौता नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन । बोलीको मिठासले सबैलाई आकर्षित गर्न सकिनेछ। बौद्धिक कुराकानी वा पठनपाठनमा विशेष रुचि बढ्नेछ। छोटो यात्राको योग छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट । नजिकका आफन्त र परिवारसँग आत्मीयता बढ्नेछ। मन अलि भावुक बन्न सक्ने भएकाले महत्त्वपूर्ण निर्णय गर्दा सोचविचार पुर्‍याउनुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

सिंह । धनमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईंको दक्षताको उच्च मूल्यांकन हुनेछ। पढाइ सम्बन्धित खुसीको खबर मिल्न सक्छ। कुनै कुरालाई लिएर मन प्रशन्न रहनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।

कन्या । स्वास्थ्य र खानपानमा अलिकति ध्यान दिनुपर्ने दिन छ। साहित्य र कलातर्फ ध्यानाकर्षण हुनेछ। मेहनत अनुसारको नतिजा आउन केही समय लागे पनि निराश हुनु पर्दैन। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।

तुला । प्रियजन र जीवनसाथीको साथले दिन स्मरणीय बन्नेछ। नयाँ मानिसहरूसँग सम्बन्ध विस्तार हुनेछ। व्यापारमा सामान्य लाभ मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक । अनावश्यक वादविवाद वा अरूको मामिलाबाट टाढै रहनुहोला। धैर्यता र संयमताले नै आजका सानातिना अप्ठ्याराहरू पन्छाउन सकिनेछ। यात्रा गर्दा सचेत रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

धनु । आध्यात्मिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ठाउँको भ्रमण वा यात्राको सम्भावना छ। अधुरा कामहरू बिस्तारै बन्दै जानेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मकर । कार्यस्थलमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सकिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने वरिष्ठ व्यक्तिको मार्गदर्शन मिल्नेछ। बाटो काट्दा र सवारी साधन चलाऊँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ । रचनात्मक सोच र नयाँ विचारले मनमा प्रसन्नता ल्याउनेछ। साथीभाइको सहयोगले रोकिएका काममा सहजता मिल्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मीन । घरपरिवारको सरसल्लाह र सहयोगले जटिल विषय पनि समाधान हुनेछ। भौतिक साधन वा घरायसी वस्तु खरिदको योजना बन्न सक्छ। कुनै पनि कार्य गर्दा हतार नगरौं। आजको शुभ रंग हल्का पहेंलो हो भने शुभ अंक २ रहेको छ।

स्रोत हाम्रोपात्रो