दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने खोटाङका गुरुङ पक्राउ

न्युजलय २६ असार २०८०, मङ्गलबार ०४:२६ मा प्रकाशित

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले खोटाङ राहबेसी गाउँपालिका–१ का ४० वर्षीय रमेशकुमार गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत महाराजगंज पठाइएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

तामाङले असार १३ गतेदेखि व्यवसायी प्रसाईंलाई आफू प्रवेश लामा भनेर फोन गरी ३० करोड रुपैयाँ फिरौती मागेको सीआईबीको भनाइ छ । प्रसाईंको हत्याको योजना बनिसकेको र त्यसबाट बच्नका ३० करोड चाहिन्छ भनेर उनले फोन गरेको सीआईबीले जनाएको छ ।