एजेन्सी । लियोनेल मेस्सी र केलियन एमबाप्पे चम्कदा पिएसजीले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ ।
शीर्षस्थानमा रहेको पिएसजीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसी एजासियोलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे ।
यस जितसँगै अपराजित रहँदै शीर्षस्थानमा रहेको पिएसजीको १२ खेलबाट ३२ अंक पुगेको छ । पिएसजीले १० जित र २ बराबरीको नतिजा निकालेको छ ।
पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ । लोरिएन्टले एक खेल कम खेलेको छ । पराजित एजासियो ८ अंक जोडेर १८औं स्थानमा छ ।