घट्यो सुनको मूल्य

न्युजलय ५ पुस २०७९, मङ्गलबार ०७:०९ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा प्रतितोला १०० रुपैयाँले घटेको हो । 


आइतबार र सोमबार प्रतितोला एक लाख ५०० मा कारोवार भएको थियो भने मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।