काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार(आज) को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।
प्रतियोगितामा ६ खेल खेलेको कोशी प्रदेशको यो पाँचौँ जित हो । एक खेलमा कोशी पराजित भएको थियो ।
यसैगरी ६ खेल खेल खेलेको सुदूरपश्चि प्रदेशको यो दोस्रो हार हो । चार खेलमा भने सुदूरपश्चिम प्रदेश विजयी भएको छ । जितसँगै कोशी प्रदेश प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने निश्चित भएको छ । यसअघि एपीएफ क्लब पनि प्रतियोगिताको अघिल्लो चरणमा पुगिसकेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।