काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले अब बैंकमार्फत् पनि कर्जा उपलब्ध गराउने भएको छ ।
गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले बैङ्कहरुसँग साझेदारी गर्न लागेको हो ।
कोषले हालसम्म बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ । जसबाट हालसम्म करिब ८१ हजारभन्दा बढी युवाहरूलाई स्वरोजगार बनेका छन् । त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नका लागि पछिल्लो पटक गरिमा विकास बैङ्कसँग रू ५ करोड थोक कर्जा लगानीको लागि बुधबार सम्झौता गरेको छ ।