सुनको भाउ बढ्यो

न्युजलय १० मङ्सिर २०८२, मङ्गलबार १२:२५ मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।