कांग्रेसका मन्त्रीहरु सामूहिक राजीनामा दिने मुडमा, एमाले नेतालाई ओलीले रोके

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०४:५६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिनेबारे छलफल थालेका छन् । 


भैसेपाटीस्थित मन्त्री निवासमा बसेको बैठकमा यसबारे व्यापक रूपमा चर्चा भएको छ। यसअघि कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् भने अन्य मन्त्रीहरू स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निवासमा भेला भएर अन्तिम निर्णयबारे विचार–विमर्श गरिरहेका छन् । 


बैठकमा पार्टीको आधिकारिक निर्णयपछि सामूहिक राजीनामा दिने विषयमा सहमति हुने अपेक्षा गरिएको छ । यसैबीच, कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले सरकारलाई समर्थन फिर्ता लिनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरिसकेका छन् ।


यता एमाले मन्त्रीहरुलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिन निर्देशन दिएका छन् ।