कृष्ण प्रणामी युवा परिषदद्वारा न्यानो कपडा साथै स्टेशनरी सामग्री वितरण

न्युजलय १४ माघ २०८०, आइतबार ०१:४४ मा प्रकाशित

इटहरी । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती मुक्तिधाम इटहरीले एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा साथै स्टेशनरी सामग्री वितरण गरेको छ ।

समितीले उदयपुरको कटारी नगरपालिका –३ मा रहेको श्री मंगल परोपकार आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न ६० जना विद्यार्थीलाई शनिवार उक्त सामग्री वितरण गरेको हो । 

कार्यक्रममा युवा परिषद नेपालको तर्फबाट सुनसरी जिल्ला अध्यक्ष श्री पुण्य प्रसाद पोडेल, मुक्तिधाम इटहरी प्रा.स. अध्यक्ष देवेन्द्र बस्नेत, उपाध्यक्ष संदिप वास्तोला, सचिव अनिस ओझा, सदस्य प्रमोद ओझा लगायतको उपस्थिती रहेको थियो । 

साथै सरकारी निकायहरु संग समन्वय गर्दै आर्थिक सामजिक रुपमा पिछडिएको वर्ग, समुदाय र बिद्यालयलाई थप केहि राहत पुर्याउने हेतुले छलफल र अन्तरकृया कार्यक्रमको पनि आयोजना गरीएको थियो । 

जसमा उदयपुर जिल्ला निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माननीय अम्बरबहादुर रायमाझी, कोशी प्रदेशकी उपसभामुख माननीय सृजना दनुवार, कटारी नगरपालिका उपप्रमुख गीता खड्का, कटारी न.पा. वडा नम्बर ३ का अध्यक्ष  साथै छिमेकी वडाका वडाध्यक्षहरु, नेपाल प्रहरी का अधिकृत, समाजसेवी, बुद्धिजिवी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।