यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत ६ गतेदेखि सुरु

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०४:२३ मा प्रकाशित

काठमाडौं । यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत पहिलो साताबाट सुरू हुने भएको छ।  प्रतियोगिता ६ चैतदेखि ११ चैतसम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो।

क्यानका अनुसार प्रतियोगिता सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा  सात  प्रदेशका ७ टोलीको सहभागिता रहनेछ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।  ग्रुप ए मा सुदूरपश्चिम, कर्णाली,लुम्बिनी र बागमती प्रदेश छन् भने ग्रुप बी मा मधेस, गण्डकी र प्रदेश १ छन्।

समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने क्यानले जनाएको छ।