नेप्से परिसूचक ४०.४ अंकले बढ्यो

न्युजलय २८ जेठ २०८०, आइतबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । सेयर बजारमा आइतबार(आज) परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् । 

नेप्से परिसूचक ४०.४ अंक बढेर १९८० अंकमा पुगेको छ । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो ।

कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो भने ५ को स्थिर रहृयो । बैंकिङ ८.८, विकास बैंक १६५, फाइनान्स ९१, होटल तथा पर्यटन ५२, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १७१, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १६५, अन्य २७ र ब्यापार उपसमूह ९५ अंक बढे । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो ।