लाइसेन्सका लागि नयाँ आवेदन दिनेले पुसअघि पालो नपाउने

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०९:०३ मा प्रकाशित

काठमाडौं । सरकारले ६ महिनापछि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेको हो ।


सरकारले नयाँ लाइसेन्सका लागि आवेदन खुलाउन लागेपनि अब आवेदन दिनेले पुसभन्दा अघि पालो नपाउने भएका छन् ।


यसअघि नै आवेदन दिइसकेकाको परीक्षा सम्पन्न हुन पुससम्म लाग्ने भएकाले त्यसपछि मात्रै अब आवेदन दिनेको पालो आउने भएको हो ।