धरानमा लागू औषधसहित तीनजना पक्राउ

न्युजलय २६ पुस २०८१, शुक्रबार ०१:३० मा प्रकाशित

धरान । धरान उपमहानगरपालिका–१६ स्थित जोरसखुवा चोकबाट प्रतिबन्धित लागू औषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय धरानको टोलीले स्थानीय वर्ष २४ को सुमित भुजेललाई पक्राउ गरेको हो ।

भुजेलले बोकेको प्लास्टिकको झोलाबाट लागू औषध  ट्रामाडोल एकसय क्याप्सुल, ट्रामानिल९ सय क्याप्सुल र न स्पासपेन एकहजार  क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

भुजेललाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताइएको छ। 

 त्यस्तै धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा डेरा गरी बस्ने सुनसरीको हरीनगरा  गाउँपालिका –४ का वर्ष ३१ को अरसद अन्सारी र  भुटाहा बस्ने वर्ष ४५ को जियाउल अन्सारीलाई पनि लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूको कोठा खानतलासी गर्दा कोठाको खाटमुनि कालो झोलाबाट लागू औषध ट्रमोल–५० लेखिएको  ४२ हजार छ सय क्याप्सुल बरामद गरिएको प्रहरीले जनाउको छ ।  दुबै जनालाई इप्रका धरानमा ल्याइ थप अनुशन्धान भइरहेको छ।