राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट पक्राउ

न्युजलय ४ असोज २०८३, आइतबार १२:१७ मा प्रकाशित

विराटनगर । आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहाल पक्राउ परेका छन्। 

उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताएको छ ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो । 

उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ। दहाल पछिल्लो समय सरकारविरुद्ध चर्को आलोचना गर्दै आएका थिए।