काठमाण्डौ । चर्चित कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होशमा आएका छन्। १० अगस्टका दिन हृदयघात भएका कारण जिम गर्दागर्दै ढलेका राजु यसबीचमा गम्भीर हालतमा पुगेका थिए।
उनको दिमागले समेत प्रतिक्रिया जनाएको थिएन भने उनलाई होशमा ल्याउन अमिताभ बच्चनको समेत आवाज सुनाइएको थियो।
उनको दिमागले काम गर्न छोडेपछि मृत्युको अफवाह समेत फैलिएको थियो। बिहीबार(आज) बिहानै उनी होशमा आएका हुन्।