धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनकुटा नगरपालिका–१० मार्गस्थित विजय पोल्ट्री फार्म छेउँमा रहको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने राजेन्द्र खतिवडाको छोरा ११ वर्षीय मनिष खतिवडा र सोही नगरपालिका–९ बस्ने खेम ओझाको छोरा १५ वर्षीय दीपेश ओझा छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।