कोशी प्रदेशमा दुई मन्त्री दुई राज्यमन्त्री थपिए

न्युजलय ८ असोज २०८०, सोमबार ११:५८ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्‍मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरे‍का छन् । य

कार्कीले आफ्नो मन्त्रिपरिषद्मा दुई जना मन्त्री र दुई जना राज्यमन्त्री थप गरेका हुन् । सअघि भदौ २२ गते आफूसहित ५ सदस्यीय मन्त्रीमण्डल बनाएका कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मन्त्रिपरिषद् विस्तार सँगै लिला बल्लब अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुद्धिकुमार राजभण्डारीले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यस्तै रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

नयाँ थपिएकासँगै कार्कीको सरकारमा उनीसहित ९ जना सदस्य रहेका छन् । यसअघि भदौ २२ गते सर्वोच्चको परमादेशपछि मुख्यमन्त्रीको कार्यभार सम्हालेका कार्कीले तिलकुरमा मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्री बनाएका थिए ।