बढ्यो सुनचाँदीको मूल्यमा

न्युजलय २१ असार २०७९, मङ्गलबार ११:१९ मा प्रकाशित

 काठमाण्डौ । मंगलबार(आज) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो।

यस्तै तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।