राजस्थानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु

न्युजलय २९ साउन २०८२, बुधबार १२:४४ मा प्रकाशित

काठमाडौँ । भारतको राजस्थानको दौसामा सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। 

मृत्यु हुनेमा सात बालबालिका र चार महिला रहेका छन्।  प्रहरीका अनुसार उनीहरू सबै पिकअप भ्यानमा यात्रा गरिरहेका थिए। बुधबार बिहान भ्यान पार्किङ गरिएको ट्रकसँग ठोक्किएको थियो।

प्रहरीले दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भयो भने एक महिलाको एसएमएस अस्पताल पुगेपछि मृत्यु बताइका छन् । बाँकी घाइतेको उपचार भइरहेको छ।

पिकअप भ्यानमा २० जनाभन्दा बढी यात्रु थिए। पिकअप भ्यानले राजमार्गको सर्भिस लेनमा पार्किङ गरिएको ट्रकलाई ठक्कर दियो। प्रहरीका अनुसार दुर्घटनामा आठजना  घाइते भएको र एकजनाको अवस्था गम्भिर रहेको जनाएको छ।