इन्टरनेट सेवा प्रदायक कम्पनि सुविसुको मोबाइल एप लोकप्रिय बन्दै

न्युजलय १२ साउन २०८२, आइतबार ०६:०५ मा प्रकाशित

इटहरी । गुणस्तरीय इन्टरनेट सेवा दिँदै आएको कम्पनी सुबिसुको मोबाइल एप एक लाखभन्दा बढी पटक डाउनलोड भएको छ । यो एपले सेवा व्यवस्थापन र भुक्तानीमा सहजता ल्याएको कम्पनिको भनाई छ । 


कम्पनीले एपको नयाँ संस्करण सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।


हाल सञ्चालनमा रहेको एपमार्फत ग्राहकहरूले इन्टरनेट तथा क्लियर टिभी सेवा व्यवस्थापन, अनलाइन बिल भुक्तानी, नयाँ अफर र प्याकेजहरूको जानकारी प्राप्त गर्ने, साथै प्राविधिक सहायता अनुरोध गर्ने सुविधा प्रयोग गर्दै आएका छन् । 


सुबिसुका अनुसार चाँडै सार्वजनिक हुने नयाँ संस्करणले एप प्रयोगलाई अझ सहज, सरल र प्रभावकारी बनाउनेछ। 


२४ वर्षदेखि इन्टरनेट सेवा क्षेत्रमा क्रियाशील सुबिसुले घरायसी तथा व्यावसायिक ग्राहकलाई फाइबर इन्टरनेट, क्लियर टिभी, डेटा सेन्टर र क्लाउड सेवा जस्ता प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको छ।