आजको सुनचाँदीको मूल्य

न्युजलय २३ साउन २०७९, सोमबार ११:१८ मा प्रकाशित

  काठमाडौँ। सोमबार(आज) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपियाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ। 

हिजो (आइतबार) पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो।

यस्तै महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपियाँ तोकेको छ। हिजो पनि चाँदी यहीं मूल्यमा कारोबार भएको थियो।