सुनसरी । सूर्यमूखी खेतिमा रोगकिराको बढी आक्रमण भएपछि सुनसरीका किसानले सूर्यमुखी खेति लगाउन छाडेका छन् ।
सुनसरी जिल्लाको उत्तरी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन र भोक्रहाका किसानले सुर्यमूखी खेतिगर्न छाडेका हुन् । सुर्यमूखी खेतिमा बढी रोग किराको प्रकोप भएपछि बराहक्षेत्र १० प्रकाशपुरका श्याम कटुवालले यस वर्ष खेति नै गरेनन् ।
कटुवाल भन्छन् ‘प्रत्येक वर्ष दूई कठ्ठामा उनी तेलहन बालीको रुपमा सुर्यमूखी खेति गर्दै आएका थिए । गुणस्तरीय विउँ र रोग किरा बढी देखिन थालेपछि यो वर्ष सुर्यमूखी रोपिन । पहिलाको जस्तो राम्रो विउँ नपाउनु र पाएको विउँ हागाँ हागाँ भएर बोट आउँछ । यस्तो बोटमा फुल राम्रो नलागने हुदा धेरैले सुर्यमूखी रोप्न छाडेका छन् ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार सुनसरी जिल्लामा आर्थिक वर्ष ०७८÷०७९ मा २ सय १ हेक्टर क्षेत्रफलमा खेति भएकोमा २ सय ६४ मेक्ट्रीटन उत्पादन भएको थियो । यस वर्ष सुर्यमूखी खेतिको उत्पादन क्षेत्र प्रकाशपुर मधुवन, सालबन्दी र भोक्राह क्षेत्रमै कम खेति भएको छ । यस वर्षको डाटा आउन अझै एक महिना लाग्ने उनले बताए ।
बराहक्षेत्र ९ का कृषक जंगली कविरथ भन्छन् ‘दुई वर्ष अगाडि ५ कठ्ठामा लगाएको सूर्यमुखी उत्पादन राम्रै भएको थियो । गत वर्ष डेढ कठ्ठा क्षेत्रफलमा सूर्यमुखी लगाए तापनि साना साना पूmल लागेकाले उत्पादन सोचेजस्तो भएन । राम्रो खालको बिउ पाइन छाडेकाल यो वर्ष फूल खेति गरीन ।’
प्रकाशपुरका कृषक सोतिस चन्द्रवंशीले पहिलाको जस्तो फूल खेति राम्रो नहँुदा खेति लगाउन छोडेका छन् । कृषि अनुसन्धान निर्देशनालय प्रदेश १ तरहरा प्राविधिक अधिकृत विनोद यादव भन्छन् माटोको नमूना परीक्षण र रोगी बोटको परीक्षण गरेपछि मात्रै रोग किराको पहिचान र निदान गर्न सकिन्छ । किसानहरुले समयमै जानकारी नगराउदा समस्या पहिचान भएन ।
गत वर्षदेखि सूर्यमुखीको बिउँ सीजनमा नपाउदा बराहक्षेत्र १० का भिम खड्काले फूल खेति गर्न सकेनन् । ‘किसानहरुले घरमै राखेको विउँ रोप्दा नउम्रने, उम्रेको विउँ पनि हागा छोडेर आउने बोट अग्लो हुने हँुदा उपचार गरेर कम्पनिहरुले निकालेको बिउँ मात्रै राम्रो हुन्छ । तेस्तो राम्रो विउँ बजारमा आउनै छाड्यो’ उनले भने ।
सुर्यमुखी खेति गर्ने कृषक हरुको संख्या सुनसरीको ग्रामिण क्षेत्रमा घट्दो छ । तेल राम्रो आउने र खान पनि राम्रो हुने हुँदा अरु खेति गर्न छाडेर सूर्यमुखीके खेति गर्दै आएका थिए । पछिल्लो समय रोग किरा र राम्रो विउँ नआउदा किसानले रोप्न छाडेको पि. एण्ड जी एग्रो विजनेस इटहरीका संचालक अर्जुन अधिकारी बताउछन् । उनले भने “गत वर्षदेखि किसानले सूर्यमुखीको बिउ नखोज्दा बिउ बिक्री गनै पाइएन ।‘
सूर्यमुखी फूलको विउँ उत्पादन गर्ने भारतका कम्पनिहरुले फूलको विउँको उमरशक्ति कम हुँदा विउँ को अभाव भएको शिवम कृषि भण्डार भोक्राहाका राजकुमार भगवातले बताए । उनले भने यस वर्ष ७० शतप्रति किसानले खेति नै लगाउन पाएका छैनन ।
बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्राविधिक निर बहादुर राई भन्छन् ः नगरको १०, ९, ११ र ८ नम्बरका किसानहरुले सुर्यमुखी खेति गर्दै आएकोमा नगरले प्याकेज कार्यक्रम गरेर फूल खेतिलाई प्रोत्साहन गरेको थियो । तर पछिल्ला वर्षहरु देखि किसानले सूर्यमुखी खेति कम गर्दै आएका छन् ।
उनी भन्छन्, ‘बराहक्षेत्र नगरपालिका कृषि शाखाले यस वर्ष २ सय १३ केजी बिउ वितरण ग¥यौँ । बराहक्षेत्र नगरपालिका सूर्यमुखी खेतिका लागि जिल्लामै राम्रो उत्पादन क्षेत्रका रुपमा अगाडि हो ।” सूर्यमुखी खेतिमा पछिल्ला वर्षदेखि विभिन्न समस्या देखिन थालेपछि किसानहरु तोरी खेतितर्फ आकर्षित भएको नगर कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए ।
तेलहनका लागि आत्मनिर्भर बन्दै गरेका सुनसरीका कृषकहरुलाई सूर्यमुखी खेतितर्फ पुनः आकर्षण गर्न रोग, किराको पहिचान र जिदान गरी गुणस्तरीय बिउ उपलब्ध गराउनेतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जान जरुरी छ । सूर्यमुखी खेतीलाई वर्षाको जुनसुकै ऋतुमा लगाउन सकिन्छ तर तराईका क्षेत्रहरुमा माघ, फागुन महिनामा रोपिन्छ ।